मेहेनतको फल मिठो हुन्छ !/頑張ればきっといい結果がある!

रिजिन होमको काम सुरु हुने समय तिर, जापानिज भाषा बोल्न त सक्थे तर धेरै जना मानिसहरु भएको भिडको अगाडी गएर बोल्न अलि सक्दिन थिए। सुरुमा सबै जनाको अगाडी आफ्नो परिचय दिने बेलामा धेरै नै डर लागेको थियो।
धेरै जनाको अगाडी बोल्न डर लाग्ने मलाई, सबैको अगाडी गएर बोल्नु पर्ने काम गरौ भनेर सेम्पाईले भन्नु भयो। सुरुमा त त्यो काम गर्न मन लागेको थिएन। तर मलाई सधै मद्दत गर्ने सेम्पाईले “केहि पर्यो भने मद्दत गर्छु। प्रयास गर!” भनेर भन्नुभएकोले प्रयास गरे। धेरै पटक अरुको अगाडी बोल्दै जादा सबैलाई ब्यायाम गर्न सिकाउने जस्तो कामहरु गर्न पनि केहि जस्तो लागेन। यसरि आफुमा आत्मविश्वास बढेको कुरा आफुले नै महसुस गरेको दिन धेरै खुसि लागेको थियो।
जस्तो काम पनि सुरुमा गर्दा गाह्रो हुनु सामान्य कुरा हो जस्तो लाग्छ। तर कुनै पनि काम प्रयास नै नगरी हर मान्नु चाही ठिक कुरा होइन।
तपाईहरुको अगाडी पनि नया काम आयो भने प्रयास गरि हेर्नुहोला। मेहेनत गर्यो भने पक्कै पनि केहि न केहि राम्रो फल प्राप्त गरिन्छ भन्ने कुरामा विश्वास गर्दै आएको छु।
तपाईहरुलाई कस्तो लाग्छ?
施設に入るころ、日本語を喋ることが出来ていましたが人前で話すことは苦手でした。
最初に自己紹介を言う時とても怖かったです。
そんな私に施設でのレクリエーション担当をやってみないかと声掛けがありました。最初はレクリエーションの仕事に乗り気ではありませんでした。先輩の「大丈夫だよ。何かあったら手伝います。」と言う後押しをいただき、レクリエーションをすることに決めました。どんどん経験を積んでいくと自分に自信が持てるようになりました。そんな自分に気が付いた日はとても嬉しくなりました。
どんな仕事でも最初は大変なことがあると思います。でもやってみないと分からないことも沢山あります。皆さんも自分の前に新しい仕事が来たらチャレンジした方が良いと思います。頑張ったらきっと何かいいことがあるということを信じています。
皆さんはどう思いますか!
昭和大学附属烏山病院+看護助手